काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको नगरसभामा २ अर्ब ३ करोड ७६ लाख ९२ हजार ९२ को बजेट पेश भएको छ ।
आर्थिक वर्ष २०७८/२०७९ का लागि नगरसभाको सोमबार शुरु बैठकमा चालुतर्फ ४७ करोड ५२ लाख ५९ हजार रुपैयाँ र पुँजीगत खर्चतर्फ १ अर्ब ५६ करोड २४ लाख ३३ हजार ९२ रुपैयाँको बजेट विनियोजन गरिएको छ । सभामा पेश गरिएको आगामी आर्थिक वर्षको अनुमानित बजेटमाथि छलफल गरी असार १० गते पारित गर्ने कार्यक्रम रहेको नगर प्रवक्ता राजाराम पुडासैनीले राससलाई जानकारी दिए ।

बजेटमा कोभिड १९ बाट नगरवासीलाई बचाउन स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको छ । मूलपानीमा रहेको नगर अस्पताललाई अक्सिजन, आइसियुसहितको सुविधा सम्पन्न बनाइने बजेट वक्तव्यमा उल्लेख गरिएको छ । यसैगरी रोजगारी सृजना एवं पूर्वाधार विकासलाई पनि बजेटमा प्राथमिकता दिइएको छ ।रासस




Comments are closed.