अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम संचालन गर्न हस्ताक्षर

ओखलढुंगा जिल्लाको लिखु गाउँपालिकामा “अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम“ सञ्चालन गर्न गाँउपाकिाले बिहीबार करुणा फाउण्डेशन नेपालसंग सम्झौता गरेको छ । लिखु गाउँपालिकाको सभाहलमा औपचारिक कार्यक्रमकाबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो । लिखु गाउँपालिकाको अध्यक्ष अशोक कुमार कार्की र करुणा फाउण्डेसनका सह निर्देशक दिनेश ढकाल “अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम“ सञ्चालन गर्न सम्झौता गरेका छन् ।

यसैबीच सुनकोशी गाउँपालिका सँग पनि सम्झौता भएको छ सम्झौतामा सहनिर्देशक ढकाल र गाउँपालिकाका अध्यक्ष कमल तामाङले हस्ताक्षर गरेका छन् ।  यसैबीच सुनकोशी गाउँपालिका सँग पनि सम्झौता भएको छ सम्झौतामा सहनिर्देशक ढकाल र गाउँपालिकाका अध्यक्ष कमल तामाङले हस्ताक्षर गरेका छन् ।


कार्यक्रममा करणा फाउण्डेसनका वरिष्ठ व्यवस्थापक सन्तोष घिमिरे, एनएफडिएनका गोपालमान थापा, सुनकोशी गाँउपालिकाका उपाध्यक्ष सुनिता अधिकारी, लिखु गाउँपालिकाका उपाध्यक्ष अस्मिता थापा, सम्पुर्ण वडाध्यक्ष, राजनीति दलका प्रतिनीधि, गाउँपालिकाका कर्मचारी, वडा सचिव तथा स्वास्थ्य इन्चार्ज, माध्यामिक विद्यालयका प्रधानाध्यापक, अपाङ्ग समितिको पदाधिकारी लगायत सहभागी थिए ।

footwear zone

कार्यक्रम अन्तर्गत जन्मजात तथा जन्म पश्चात हुने अपाङ्गता रोकथामका साथै अपाङ्गता भएका व्यक्तिलाई स्वास्थ्य शिविरको सञ्चालन गरी राज्यले दिएको सेवा सुविधाको पहुँचमा पुर्याउने उद्देश्यले सम्झौता गरिएको हो । कार्यक्रममा सम्पूर्ण सरोकारवालाहरुको समन्वय, सहकार्य र सहअस्तित्वको महत्वपुर्ण भुमिका हुनेछ ।

अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी एन, २०७४ कार्यान्वयन गरी अपाङ्गता भएका व्यक्तिहरुको सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्राप्तिको निम्ति कोशी प्रदेश सरकारद्वारा जारी गरिएको अपाङ्गता रोकथाम तथा पुनस्स्थापना कार्यक्रम संचालन निर्देशिका २०७६ र सो निर्देशिका बमोजिम सामाजिक विकास मन्त्रालय कोशी प्रदेश र करुणा फाउण्डेसन नेपालबीच २०७६ असोज ८ गते सम्झौता भएको थियो ।

विभिन्न चरणमा हुने कार्यक्रम अन्तर्गत तेस्रो चरणमा यो कार्यक्रमको उदयपुर, ओखलढुंगा, सोलोखुम्बु र खोटाङ्गको ३४ स्थानीय तहहरुमा चालु आर्थिक बर्ष मा विस्तार भएको छ । “अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम“ सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, स्थानीय तह र करुणा फाउण्डेसन नेपालको लागत साझेदारी र राष्ट्रिय अपाङ्ग महासंघको प्राबिधिक सहयोगमा संचालित नमुना कार्यक्रम हो । ३४ वटामध्य २४ पालिकामा सम्झौता भइसकेको र बाँकी पालिकामा छिट्टै सम्झौता गरिने बताइएको छ ।

 

You might also like

Comments are closed.