घुस लिएको अभियोगमा कर अधिकृतविरुद्ध मुद्दा दायर

 

काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु एक लाख ५० हजार घुस लिएको अभियोगमा आन्तरिक राजश्व कार्यालय धनुषाका कर अधिकृत रमेश ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

footwear zone

आयोगका अनुसार कर अधिकृत ढकालले सेवाग्राहीसँग अन्तःशुल्क समायोजनको रकम फिर्ता गर्ने प्रयोजनको लागि घुस माग गरेको सूचनाका आधारमा आयोगको कार्यालय, बर्दिबासबाट गएको टोलीले केही दिन पहिले पक्राउ गरेको थियो । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार कर अधिकृत ढकाल विरुद्ध बिगो बमोजिम कारवाहीको माग गरिएको छ ।

You might also like

Comments are closed.