विभिन्न संवैधानिक आयोगमा कस कसले पाए नियुक्ति?

काठमाडौं  । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोगका अध्यक्षसहित विभिन्न संवैधानिक निकायका पदाधिकारीलाई नियुक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले संवैधानिक परिषद्ले ४५ दिनअघि सिफारिश गरेका २० पदाधिकारीलाई आज नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्राईले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

संसद्को संसदीय सुनुवाइ विशेष समितिमा सुनुवाइ हुन नसकेमा सिफारिश भएको ४५ दिनपछि त्यस्ता पदाधिकारीलाई नियुक्त गर्न सकिने संवैधानिक व्यवस्था छ । हाल प्रतिनिधिसभा विघटित छ ।

नियुक्त भएकामा लोकसेवाका अध्यक्षमा पूर्वसचिव माधवप्रसाद रेग्मी, सदस्यमा माधव बेल्वासे, वीरबहादुर राई, दिनेश सिलवाल र मञ्जुकुमारी रहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सदस्यमा डा हरि पौडेल र सुमित्रा श्रेष्ठ, निर्वाचन आयोगका आयुक्तमा सगुनशम्शेर जबरा, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्यमा विपिनराज निरौला, राष्ट्रिय महिला आयोगका सदस्यमा जया घिमिरे, सावित्राकुमारी शर्मा सुन्दर पुर्कोटी, राष्ट्रिय समावेशी आयोगका अध्यक्षमा डा रामकृष्ण तिमल्सेना, सदस्यमा पुष्पराज तिमिल्सिना, मानप्रसाद खत्री, आदिवासी जनजाति आयोगका सदस्यमा सूर्यबहादुर गुरुङ, मधेसी आयोगका सदस्यमा आभाकुमारी, थारु आयोगका सदस्यमा उमाशंकर प्रसाद चौधरी, शान्ति मोदी, मुस्लिम आयोगका सदस्यमा मोहम्मद समशुल हक नियुक्त भएका छन् । यी नियुक्तिसँगै लामो समयदेखि रिक्त अधिकांश संवैधानिक आयोगले पूर्णता पाएको छ ।

footwear zone

You might also like

Comments are closed.