नियम विपरीत सञ्चालित सवारी साधन नियन्त्रणमा

 

देउखुरी । दाङ प्रहरीले जिल्लाका विभिन्न स्थानबाट खानी तथा नदीजन्य पदार्थ उत्खननमा प्रयोग गरिएका सवारी साधन मालसहित नियन्त्रणमा लिएको छ । जिल्लाका विभिन्न स्थानमा नदीजन्य पदार्थ उत्खनन र ढुवानीमा प्रयोग गरिएका डोजर, ट्रयाक्टर र टिप्पर गरी ७६ सवारी साधन प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालका अनुसार घोराही क्षेत्रबाट १८ टिप्पर, पाँच ट्रयाक्टर र एक जेसीबी नियन्त्रणमा लिइएको छ । तुलसीपुर क्षेत्रबाट २६ टिप्पर तथा इलाका प्रहरी कार्यालय कमिरेचौर र वडा प्रहरी कार्यालय लमहीबाट १३– १३ टिप्पर नियन्त्रणमा लिइएको छ ।

footwear zone

सवारी साधनले नियम विपरीत भारवहन क्षमताभन्दा दोब्बर माल राखेर ढुवानी गरेको, ढुंगा तथा खानीजन्य वस्तु नियम विपरीत उत्खनन गरी ढुवानी गरेको तथा आवश्यक कागजातविना मनपरी सवारी गुडाएको अभियोगमा नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता रिजालले बताए ।

You might also like

Comments are closed.