एनआईसी एसिया र नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघबीच सम्झौता

काठमाडौं । एनआईसी एसिया बैंक र नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघबीच महत्त्वपूर्ण सम्झौता भएको छ ।

राष्ट्रियरूपमा सबैभन्दा धेरै स्थानहरुमा शाखा विस्तार गरि अग्रणी स्थान हासिल गर्न सफल एनआईसी एसिया र नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघबीच शुक्रबार एक कार्यक्रम गरि सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

सम्झौताले धेरै व्यवसायी लाभान्वित हुने महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठले बताए ।

footwear zone

सम्झौताअनुसार देशभरीका ७७ वटै जिल्लाका नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघका सदस्यलाई सहुलियत कर्जा, बिना धितो ऋण, जीवन बीमा, घातक रोग बीमा, औधधी उपचार बीमालगायत बैंकको तर्फबाट विविध सेवा सुविधा प्रदान गरिने भएको छ ।

You might also like

Comments are closed.