काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपामा कर्पोरेट कार्यालय रहेको एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
लघुवित्त क्षेत्रमा शाखा संजाल विस्तारमा पहिलो स्थान ओगटी सकेको यस संस्थाको अधिकांश वित्तीय परिसूचकहरू उत्साहजनक रहेको छ । यस संस्थाले छोटो समयमै उल्लेखनीय कर्जा विस्तार गर्दै समिक्षा अवधिको १ बर्षको दौरानमा करिब १३ अर्ब ५८ करोडको थप कर्जा लगानी गर्दै करिब १५८.८४% को बार्षिक विन्दुगत बृद्धि हाँसिल गरेको बताइएको छ । वित्तीय संस्थाले दोसो त्रैमास सम्ममा कुल लघुकर्जा रकम रु. २२ अर्ब १३ करोड ४१ लाख पु¥याउन सफल भएको छ । त्यस्तै, आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमास अवधिमा संस्थाको स्व–पुँजीमा प्रतिफल (आरओई) बार्षिक २४.२२% रहेको छ भने बार्षिक रु. ४०.७७ प्रति शेयर आम्दानी (EPS) आर्जन गर्न सफल रहेको छ जुन गत आ.व को सोही अवधिको तुलनामा लघुवित्तको प्रति शेयर आम्दानी (EPS) ८८.८४% ले बढी हो । यस बित्तीय संस्थाले समिक्षा अवधिमा रु. ३५ करोड ४८ लाख ६५ हजार खुद मुनाफा आर्जन गरेको छ जुन गत आर्थिक बर्षको सोही अवधिको तुलनामा १२२.०८% ले बढी हो ।
यो त्रैमास सम्ममा संस्थाले बचत परिचालन तर्फ रु.३ अर्ब २० करोड ८० लाख पु¥याउन सफल भएको छ । यस बिषम परिस्थितिमा समेत वित्तीय संस्थाले लघुकर्जा असुलीमा निकै आक्रमक भई उत्साहजनक नतिजा हाँसिल गर्न सफल भई निष्कृय कर्जालाई ०.९७ % मा सिमित राख्न सफल भएको छ ।

समीक्षा अवधिमा लघुवित्तको गत आ.व को सोही अवधिको तुलनामा खुद ब्याज आम्दानी ९९.१२%, अन्य सञ्चालन आम्दानी ११०.३४% र सञ्चालन मुनाफा १८३.७३ % ले बढेको छ । त्यसैगरी, लघुवित्तको चुक्ता पूँजी समीक्षा अवधिमा १७.५३ %, जगेडा कोष १७१.१६%, बैँक तथा वित्तीय संस्थाबाट सापटी १३१.३८%, ले बढेको छ । नाफा र चुक्ता पूँजीसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ ।
यस वित्तीय संस्थाले आफ्नो रणनिति अनुरुप नवीनतम् प्रबिधिलाई जोड दिदै संस्थाको दैनिक कृयाकलाप तथा सेवाग्राही सदस्यहरुलाई परिस्कृत सेवा प्रवाह गर्दै आईरहेको छ । जस अनुसार ई–सेवा मार्फत रकम भुक्तानी तथा आर्थिक कारोबारहरुको जानकारी एस.एम.एस (SMS) मार्फत हुने प्रणाली सुचारु भईसकेको छ । त्यस्तै संस्थाले नयाँ उत्पादनमूलक,उद्यमशीलता तथा अनुशासन्धानात्मक क्षेत्रहरुमा लगनी एवं अवसरहरुको निरन्तर खोजी गरिरहेको छ ।
वित्तीय संस्थालाई आम जनमानसले गरेको प्रगाण विश्वास, अगाध स्नेह र वित्तीय संस्था प्रतिको भरोसाले गर्दा यो वित्तीय संस्थाले मुलुकभर ७४ जिल्लामा २८५ शाखा कार्यालयहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । यस वित्तीय संस्थाले कार्यक्रम बिस्तार गर्दा लघुबित्तको पहुँच नपुगेको दुर्गम स्थानिय तहहरुलाई प्राथमिकतामा राखिएको छ । यस त्रैयमासको अन्त्य सम्ममा बित्तिय संस्थाले कुल १ लाख ७९ हजार७ सय १ बिपन्न परिवारमा लघुवित्त सेवा प्रदान गरेको छ ।
राष्ट्रिय स्तरको अग्रणी लघुवित्त संस्थाको रुपमा छोटो अवधिमै आफुलाई स्थापित गर्न सफल यस संस्थाले उत्पादनमुलक तथा कृषि क्षेत्रमा आधारित कर्जा लाई प्राथमिकतामा राखि बैंक तथा वित्तीय संस्थाहरुको न्युन उपस्थिति रहेको दुर्गम जिल्लाहरु डोटी, जुम्ला, डोल्पा, जाजरकोट, सल्यान, बझाङ, बाजुरा, अछाम, दार्चुला ,मुगु तथा कालिकोट जस्ता जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आएको छ ।




Comments are closed.