काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडको संचालक समितिको सोमबार सम्पन्न ५११ औं बैठकले आ.व. २०७७/७८ को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको १५.७८९ प्रतिशत लाभांश (१ अर्ब ८२ करोड ५८ लाख रुपैयाँ) वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैठकले उक्त प्रस्तावित लाभांश मध्ये १५ प्रतिशत बोनश शेयर (१ अर्ब ७३ करोड ४६ लाख रुपैयाँ) र ०.७८९ प्रतिशत नगद लाभांश (९ करोड १२ लाख ९४ हजार रुपैयाँ) लाभांश कर प्रयोजनार्थ प्रदान गर्ने निर्णय गरेको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी २४ औं वार्षिक साधारण सभाबाट स्वीकृति पश्चात् आवश्यक नियमनकारी प्रक्रिया पूरा गरी बैंकका शेयरधनीलाइृ वितरण गर्ने बताइएको छ ।
बैंकले गत आ.व. २०७७/७८ मा प्रति शेयर आम्दानी रू २८.१८ आर्जन गर्न सफल भएको थियो भने खुद मुनाफा करिब ३ अर्ब २६ करोड आर्जन गर्न सफल भएको बताइएको छ । बैंकको स्व–पुँजीमा प्रतिफल १७.०९ प्रतिशत रहेको छ र यस बैंक स्व–पुँजी प्रतिफलमा मुलुकका वाणिज्य बैंकहरू मध्ये पहिलो स्थानमा रहन सफल भएको छ । यस बैंकले आ।व। २०७७/७८ मा कर्जातर्फ करिब ९१ अर्ब रुपैयाँको वृद्धि गरी कुल कर्जा रकम २६५ अर्ब पु¥याउन सफल भएको छ, जुन सम्पूर्ण वाणिज्य बैंकहरू मध्ये सबैभन्दा धेरै हो । मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब ७१९ अर्बको कुल कर्जा वृद्धिमा यस बैंकको सर्वाधिक उच्च (१२.६६ प्रतिशत) बजार हिस्सा रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा वाणिज्य बैंकहरूमा भएको कुल कर्जा वृद्धिको औसत प्रति बैंक कर्जा वृद्धि रकम करिब २४.१५ अर्बको तुलनामा यस बैंकको वृद्धि करिब ३.७६ गुणा रहेको छ ।

यसै गरी बैंकको स्वदेशी मुद्राको निक्षेपतर्फ करिब ८९ अर्ब रुपैयाँले वृद्धि गरी कुल स्वदेशी मुद्राको निक्षेप संकलन करिब २९८ अर्ब रुपैयाँ पु¥याउन बैंक सफल भएको छ, जुन सम्पूर्ण वाणिज्य बैंकहरू मध्ये सबैभन्दा धेरै हो । मुलुकका अन्य वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब ६५५ अर्बको कुल वृद्धिमा यस बैंकको हिस्सा १३.५८ प्रतिशत रहेको छ । आर्थिक वर्ष ०७७/७८ मा वाणिज्य बैंकहरूमा भएको निक्षेप वृद्धिको औसत प्रति बैंक निक्षेप वृद्धि करिब २१.७३ अर्बको तुलनामा यस बैंकको वृद्धि करिब ४.०९ गुणा रहेको छ ।
बैंकले आफ्नो रणनीति अनुसार कर्जा पोर्टफोलियोमा न्यून जोखिम कायम गर्ने उद्देश्य अनुरूप गत आर्थिक वर्षसम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८८ प्रतिशत साना तथा मझौला कर्जा, रिटेल कर्जा र प्रत्यक्ष विपन्न वर्ग कर्जा जस्ता विभिन्न रणनीतिक क्षेत्रहरूमा विस्तार गरेको छ । बैंकले अवलम्वन गरेको सो रणनीतिको परिणाम स्वरूप बैंकको प्रमुख १० ग्राहक हरूको कुल कर्जा अंश बैंकको कुल कर्जाको १.८ प्रतिशत भन्दा कम रहेको छ, जुन समग्र बैंकिङ क्षेत्रकै सबैभन्दा उत्कृष्ट किसिमको र अत्यन्त न्यून जोखिम भएको मध्ये पर्दछ ।
साना तथा मझौला कर्जा र रिटेल कर्जामा लगानी विस्तार गर्ने नीति अंगिकार गरेको फलस्वरुप कोभिड–१९ को विषम परिस्थिति तथा चुनौतिका बावजुद कर्जा असुलीतर्फ पनि निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई आ.व. २०७६/७७ को अन्त्यमा ०.७५ प्रतिशत रहेको निष्कृय कर्जालाई आ.व. २०७७/७८ को चौथो त्रयमाससम्ममा ०.५० प्रतिशतमा झार्न बैंक सफल भएको छ । बैंकले निक्षेप तर्फ पनि साना साना निक्षेप एवम् व्यक्तिगत निक्षेप वृद्धि गर्दै जाने रणनीति अवलम्वन गरी अगाडि बढिरहेको छ ।




Comments are closed.