एनआईसी एशिया बैंकको वेबसाइट आकर्षक नयाँ डिजाइनमा

काठमाडौं । एनआईसी एशिया बैंकले डिजिटल बैंकिङलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यले आफ्नो वेबसाइट आकर्षक फिचरसहित नयाँ डिजाइनमा स्तरोन्नति गरेको छ ।

आफ्ना सेवा तथा सुविधा थप ग्राहकमैत्री बनाउदै लैजाने उद्देश्य अनुरुप हाल सञ्चालनमा रहेकोे वेबसाइटलाई परिस्कृत एवं परिमार्जन गरेको बैंकले जानकारी दिएको छ । यसमा खोजेको प्रोडक्ट, विवरण वा जानकारी आवाजद्वारा समेत सजिलैसँग खोज्न सकिने सुविधा रहेको बताइएको छ ।

साथै, ग्राहकले खोजे अनुसारको प्रोडक्ट र विवरण उपलब्ध गराउन ‘कस्टुमर जर्नी म्यापिङ’ सिस्टमबाट ग्राहकले सहजै सर्च हिस्ट्री थाहा पाउन सकिने बताइएको छ । मोबाइल, कम्प्युटर, ल्यापटप, ट्याब जस्ता डिभाइसमा फिट हुनेगरी डिजाइन गरिएको यस नयाँ वेबसाइटमा प्रयोगकर्ताको डाटा सुरक्षालाई ध्यानमा राखेर विशेष सुरक्षा प्रणाली अपनाइएको बैंकको भनाइ छ ।

footwear zone

वेबसाइटमार्फत अनलाईन खाता, भिडियो केवाईसी अद्यावधिक, खातामा प्यान अद्यावधिक, अनलाईन डिम्याट, शेयर आवेदन, मर्चेन्ट आवेदन, ई–सर्भिसमार्फत विभिन्न भुक्तानीहरु गर्न मिल्ने सुविधाको साथमा बैंकका शाखा, एक्स्टेन्सन काउण्टर, एटिएमहरुको स्थान पत्ता लगाउन सकिने लगायत बैंक सम्बन्धी विविध जानकारी तथा सहयोगका लागि चौबीसै घण्टा च्याटबट सेवा समेत उपलब्ध छन् ।

You might also like

Comments are closed.