काठमाडौं । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालनकमा कमल खड्का नियुक्त भएका छन् ।
लघुवित्तको संस्थापक एन आई सी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको बैठकको निर्णय अनुसार खड्कालाई संस्थापक समुहमा प्रतिनिधि सञ्चालक मनोनयन गरी पठाईएको थियो । लघुवित्तको बिहीबार बसेको सञ्चालक समितिको बैठकले उनलाई सञ्चालक पदको बाँकी रहेको कार्यकाल सम्मको लागि नियुक्त गरेको छ ।
उक्त पदमा यस अघि सञ्चालक दिनेश भारी संस्थापक समुहमा संस्थापक एन आई सी एशिया बैंक लिमिटेडको तर्पmबाट प्रतिनिधित्व गर्दै आईरहेका थिए ।

नव नियुक्त सञ्चालकले संस्थाका अध्यक्ष सन्तोष कुमार राठी समक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गरेका छन् । बैंकिङ क्षेत्रमा करीब १० वर्ष देखि कार्यरत कमल खड्का एन आई सी एशिया बैंक लिमिटेडमा आन्तरिक लेखापरीक्षण विभागमा विभागीय प्रमुखको रुपमा कार्यरत रहनुका साथै पेशाले चार्टर्ड एकाउन्टेन्ट पनि हुन् ।
उनको कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अभैm थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको छ ।




Comments are closed.