काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण एनआईसी एशिया लघुवित्तको नाफा ६८१८ प्रतिशत घटेर ६ करोड ५७ लाख रुपैयाँमा सीमित भएको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिसम्ममा लघुवित्तको खुद नाफा ६८.१८ प्रतिशत घटेर ६ करोड ५७ लाख ९५ हजार रुपैयाँ रुपैयाँमा सीमित भएको वित्तीय विरणमा सार्वजनिक गरिएको छ ।
खुद ब्याज आम्दानी, खुद फि तथा कमिशन आम्दानी लगायतका आम्दानी घटेका कारण लघुवित्तको नाफा घट्न पुगेको हो । कम्पनीको खुद ब्याज आम्दानी ३१.०९ प्रतिशतले घटेर २९ करोड २ लाख ५७ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ६८.१७ प्रतिशतले घटेर ९ करोड ३९ लाख ८१ हजार रुपैयाँ पुगेको छ ।अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २० करोड ६७ लाख ५७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी १ अर्ब ७३ करोड ९० लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ६६ करोड ८१ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएसं) ३१.०३ रुपैयाँले घटेर १५ रुपैयाँ १३ पैसा र प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ७९ पैसा रहेको छ ।सो अवधिमा लघुवित्तको निक्षेप तथा सापटी १.८२ प्रतिशत घटेको छ भने कर्जा ०.६१ प्रतिशत बढेको छ ।




Comments are closed.