एनआईसी एशियाको नायब प्रमुख कार्यकारी अधिकृतमा राठी नियुक्त

 

काठमाडौं । एनआईसी एशिया बैंकले सन्तोषकुमार राठीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

आइतबार बसेको सञ्चालक समितिको बैठकले हाल सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत राठीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

footwear zone

नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन २०७८ को निर्देशनमा भएको व्यवस्था बमोजिम आगामी साउन १ देखि लागू हुनेगरी उनलाई नायब प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गर्ने निर्णय गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

You might also like

Comments are closed.