काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले ऋणपत्र निष्कासन गर्ने भएको छ। कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नका लागि कात्तिक २४ गते अनुमति पाएको हो।
कम्पनीले ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो। कुल कित्तामध्ये कम्पनीले २० लाख कित्ता सर्वसाधारणको लागि र ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट बिक्री गर्नेछ।
कम्पनीले सात वर्ष अवधिको वार्षिक सात प्रतिशत ब्याजदरको निफ्रा ऊर्जा ऋणपत्र २०८५/८६ निष्कासन गर्ने भएको हो।




Comments are closed.