काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा १९ प्रतिशतले हुन आउने ४१ करोड ७० लाख ५४ हजार ७५० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशले हुन आउने २ करोड १९ लाख ५० हजार २५० रुपैयाँबराबरको नगद लाभांश रहेको छ ।

कम्पनीको हाल कायम चुक्तापुँजी २ अर्ब १९ करोड ५० लाख २५ हजार रुपैयाँ रहेको छ । सोही पुँजीको आधारमा कम्पनीले लाभांश आफ्ना सेयरधनीहरुलाई दिन लागेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।




Comments are closed.