नेक्सस इन्स्टिच्युट अफ रिसर्च एण्ड इनोभेसन (निरी)को उद्घाटन हुदैं

विश्वका विभिन्न विश्वविद्यालयबाट उच्चतम शैक्षिक उपलब्धिहरूको साथसाथै राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरूमा अनुभवहरू प्राप्त गरेका अनुसन्धानकर्ता र पेसागत जीवनमा आबद्ध व्यक्तिहरूको संलग्नतामा सन् २०२० मा स्थापित स्वतन्त्र र मुनाफा वितरण नगर्ने संस्था नेक्सस इन्स्टिच्युट अफ रिसर्च एण्ड इनोभेसन (निरी) को उद्घाटन शुक्रबार हुदैछ । अङ्ग्रेजी क्यालेन्डर अनुसार नयाँ वर्ष 2021 को अवसर पारेर आज जनवरी १ तारिख का दिन नेपालको समय अनुसार बेलुका ८ बजे  NAST का उप-कुलपति डा सुनिल बाबु श्रेष्ठ, गण्डकी विश्वविद्यालयका कुलपति डा गणेश मान गुरुङ, University of Minnesota कि प्राध्यापक डा सोनिया हिराचन, राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन तथा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान् कोइरालाको उपस्थितिमा सम्पन्न हुन गैरहेको छ।

उद्घाटन कार्यक्रमको प्रत्यक्ष प्रसारण (Live) निरीको फेसबुक पेजबाट हेर्न तथा प्रश्नोत्तर कार्यक्रममा  सहभागी हुन सकिनेछ। यस संस्थाको उद्देश्य देशभित्र र बाहिरका विभिन्न संस्था तथा अनुसन्धानकर्ताहरूसँग सहकार्य गरेर प्राकृतिक, व्यवहारिक तथा सामाजिक विज्ञानको क्षेत्रमा अनुसन्धान सञ्चालन र नवप्रवर्धन गर्ने तथा नेपालको सन्दर्भमा अनुसन्धान तथा नवप्रवर्धन क्षेत्रको सुदृढीकरणमा योगदान पुर्‍याउन यस सम्बन्धी कार्यशाला गोष्ठी, तालिम तथा अन्तर्क्रिया संचालन गर्ने रहेको छ। निरीको संस्थापक अध्यक्षको रूपमा क्यान्सर बायोलोजिमा अनुसन्धानरत डा राजेन्द्र पंगेनी रहेका छन्  भने  निरीमा विभिन्न विधाका २७ जना संस्थापक सदस्यहरू रहेका छन्।

निरी मार्फत प्राकृतिक, व्यवहारिक विज्ञान र सामाजिक विज्ञानका अनुसन्धानका लागि संस्थाको अन्तर्गतमा प्राकृतिक तथा व्यवहारिक विज्ञान संस्थान र सामाजिक विज्ञानका अनुसन्धानका लागि सामाजिक विज्ञान संस्थान गरि दुई वटा संस्थानहरू रहेका छन्। अंग प्रत्यारोपणमा अनुसन्धानरत डा तारा सिग्देल तथा एपिडेमायोलोजिमा अनुसन्धानरत डा ओम कुर्मी प्राकृतिक तथा व्यवहारिक विज्ञान संस्थानको निर्देशक रहेका छन् । त्यसै गरी उद्यमशीलतामा अनुसन्धानरत डा हेम राज ढकाल तथा जन प्रशासन तथा लेखनमा अनुसन्धानरत डा तुलसी आचार्य सामाजिक विज्ञान संस्थानको निर्देशक रहेका छन् । उक्त संस्थान अन्तर्गत अन्य विभिन्न विधामा अनुसन्धानका लागि विभागीय संरचना बनाइने छ। निरीका अन्य संस्थापक सदस्यहरूमा अर्जुन सुवेदी, डा उमेद कुमार पुन, एकनाथ खतिवडा, डा किसुन पोखरेल, डा कृष्ण प्रसाद पौडेल, दिपक प्रसाद उप्रेती, डा दिपेश ढकाल, डा धिरज आचार्य, पदम लाल भण्डारी, डा भेषराज शर्मा, डा मनकामना खनाल, डा मिलन कुमार विमली, डा राजेन्द्र कार्की, डा रेशमा शाक्य, विनिशा श्रेष्ठ, विष्णु प्रसाद जोशी, डा श्याम प्रकाश डुम्रे, डा सञ्जिवन गौतम, डा सन्तोष सापकोटा, समिक्षा बास्कोटा, डा सुदर्शन कुमार अर्याल, डा सुबास अधिकारी रहेका छन् ।

footwear zone

हाल ललितपुरमा कार्यालय रहेको निरीले नेपाल र विदेशका अनुसन्धानमा आबद्ध अन्य संस्थाहरूसँग मिलेर प्राकृतिक, व्यवहारिक तथा सामाजिक विज्ञानहरू सम्बन्धी अनुसन्धान गर्न र अनुसन्धानमा नवीनता ल्याउन,  नेपालमै उपलब्ध साधन-श्रोतहरुको सदुपयोगलाई जोड दिनेछ, अनुसन्धानसँग सम्बन्धित सिपमूलक शैक्षिक कार्यशाला र प्रशिक्षणका कार्यक्रमहरू सञ्चालन गर्नेछ। यसले स्थानीय तथा राष्ट्रिय स्तरमा सरकारी संस्थाहरूसँग सहकार्य गरी नीति निर्माणमा सहयोग गर्नेछ।निरीले प्राथमिकताका आधारमा नेपाललाई आवश्यक पर्ने नेपालकै माटो सुहाउँदो अनुसन्धानका विविध विधाहरू पहिचान गर्ने र नेपाल र  विश्वभरिका अनुसन्धानरत समुदायहरू बिच सेतुको रूपमा काम गर्ने प्रयास गर्नेछ।

You might also like

Comments are closed.