निर्माण व्यवसायी संघ तनहुँको अध्यक्षमा यज्ञ खनाल

तनहुँ । निर्माण व्यवसायी संघ तनहुँको अध्यक्षमा यज्ञ खनाल निर्वाचित भएका छन् ।

बुधबार र बिहीबार भएको संघको २७औं वार्षिकसाधारण सभा तथा १२औं जिल्ला अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको बरिष्ठ उपाध्यक्षमा ईश्वरी प्रसाद देवकोटा, उपाध्यक्षमा पुष्प कुमार श्रेष्ठ, बाबुराम पन्थ, महासचिवमा इन्जिनियर सुवर्ण श्रेष्ठ, सचिवमा नीतिगत तर्फ मदन गैह्रे, बस्तुगततर्फ कृष्ण मुरारी मिश्र, कोषाध्यक्षमा सुरेश घिमिरे र सह–कोषाध्यक्षमा भुवन दरै चयन भएका छन् ।

footwear zone

लेखा संयोजकमा दीपक कुमार श्रेष्ठ, प्रताप श्रेष्ठ र राजेश पण्डित चयन भए ।

You might also like

Comments are closed.