विश्व बजारमा सबैभन्दा बढी बिक्री भएको इलेक्ट्रिक गाडी निशान लिफ पोखरामा

काठमाडौं । निशानको इलेक्ट्रिक गाडी लिफ पोखरामा बिक्री वितरण सुरु भएको छ । निशानका लागि गण्डकी तथा धौलागिरी क्षेत्रको आधिकारिक बिक्रेता इलाइट मोटर्स प्रा.लि.ले यो गाडीको बिक्री, बुकिङ तथा टेष्टड्राइभ सुरु गरेको हो ।

विश्व बजारमा सबैभन्दा बढी बिक्री भएको इलेक्ट्रिक गाडी निशान लिफ निशानको शोरुम उत्तमचोक पोखरामा आएर प्रत्यक्ष अवलोकन तथा टेष्टड्राइभ गर्न सकिने प्रवन्ध निर्देशक गोपाल बरालले जानकारी दिए । विश्व बजारमा बिगत १२ वर्षदेखि विद्युतीय गाडीमा सर्वाधिकत बिक्री भइरहेको यो गाडी नेपाली बजारमा पनि लोकप्रिय हुने कम्पनीले विश्वास लिएको छ ।

निशान लिफ जापानबाटै बनेर नेपालमा आउँछ । यसको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ पर्नेछ । विद्युतीय खपत बढाउन पनि विद्युतीय गाडीको माग बढिरहेको सन्दर्भमा निशानले पनि नेपाली बजारमा यो गाडी भित्र्याएको हो । इलेक्ट्रिक गाडी भित्र्याएसँगै निशानको पोखराको औद्योगिक क्षेत्रमा रहेको सर्भिस सेन्टर चार्जिङ स्टेसन पनि जडान गरिसकेको छ ।

footwear zone

एक पटकको फुल चार्जमा ३ सय ११ किलोमिटरको रेञ्जमा निशान लिफ गुड्नेछ । वातावरण अनुकुल मानिएको यो गाडीले प्रदुषण न्युनीकरणमा पनि योगदान पुर्याउनेछ । फास्ट चार्जरमा आधा घन्टामा ८० प्रतिशत चार्ज हुने भएकाले पनि निशान लिफ धेरैको रोजाईमा पर्ने कम्पनीले विश्वास लिएको छ ।

You might also like

Comments are closed.