काठमाडौं । निसानले नयाँ सुविधाहरू सहितको म्याग्नाइट रेड एडिशन लन्च गरेको छ । केहीदिन पहिले सार्वजनिक गरिएको यो एसयुभीलाई बुधबार लन्च गरेको हो ।
निसानको म्याग्नाइट रेडको प्रारम्भिक मूल्य ७ लाख ८६ हजार भारु रुपैयाँ रहेको छ ।नयाँ म्याग्नाइट रेड मोडलमा गाडीका फ्रन्ट ग्रिल, फ्रन्ट वम्पर क्लेडिङ, ह्विल आर्चेज र वोडी साइड क्लेडिङमा रातो रङको सिमश्रण गरिएको छ ।
यो डिजाइनसँगै गाडीलाई अझ राम्रो लुकका साथ लन्च गरिएको र गाडीमा रहेको एलईडीको वरिपरि रातो रंगको डिजाइन पनि दिइएको छ । यसमा ८ इन्चको एलईडी टच स्क्रिन पनि छ ।

गाडीमा १६ इन्चको डायमण्ड कट अलोय ह्वीलहरू छन् । साथै, गाडीमा स्टप एण्ड स्टार्ट बटन, ब्रेक असिस्ट सिस्टम र स्पीड कन्ट्रोल सिस्टम रहेको छ । गाडीमा ७ इन्चको LED TFT प्रणाली पनि छ । टीएफटी प्रणालीमा चालक, गाडीको गति, कति पेट्रोल छ र गाडीसँग सम्बन्धित अन्य केही जानकारी पाउन सकिन्छ ।
भारतमा सन् २०२० को अन्त्यतिर लन्च गरिएको यो सानो एसयुभी आकर्षक डिजाइन, सुविधासम्पन्न फिचर्स र कम मूल्यका कारण लोकप्रिय वनिरहेको छ । निसान मोटर्सले म्याग्नाइट रेड दुई रङमा लन्च गरेको र यो गाडी Onyx Black र Storm White कलरमा उपलब्ध छ।




Comments are closed.