काठमाडौं । न्यु (NIU) इलेक्ट्रिक स्कुटरले ‘यो दसैं NIU संगै’ अफर ल्याएको छ । चाडपर्वलाई लक्षित गर्दै NIU ले उक्त अफर ल्याएको हो ।
अफरअन्तर्गत NIUको स्कुटर खरिद गर्दा एक जना लक्की विजेताले ९० हजार बराबरको NIU AERO MTBX-01 lite worth जित्न सक्नेछन् । स्कुटर किन्दा ५ देखि ५० हजारसम्मको छुट पाउन सकिनेछ। रोड ट्याक्समा १ वर्षको छुट, NIU को एसेसरीजहरु पाउन सकिने कम्पनीले जनाएको छ ।
साथै NIU को पार्टनर बैंकमार्फत भुक्तानी गर्दा १८ महिनामा २ लाख भुक्तानी गर्नसकिनेछ । NIU का शोरुमहरु काठमाडौंको दरवार मार्ग, ललितपुरको झम्सीखेल र भक्तपुरको सूर्यबिनायक, पोखरा, बुटवल, झापाको बिर्तामोडमा छन् ।

सबै शोरुममा टेष्ट ड्राइभसमेत गर्न सकिनेछ । टेकु, बौद्ध र इटहरीमा शोरुम उद्घाटनको तयारी भइरहेको कम्पनीले जनाएको छ । कम्पनीका स्कुटरहरु ५० देखि १२० कि.मी. रेन्जमा उपलब्ध छन् ।




Comments are closed.