चिकित्सक तथा स्वास्थ्यकर्मी कुटपिट गर्ने दोषीलाई कारबाही गर्न माग

गण्डकी । चिकित्सक तथा स्वास्थ्यकर्मी माथि भएको कुटपिटका घटनाको नेपाल चिकित्सक संघ गण्डकी शाखा पोखराले निन्दा एवं भर्त्सना गरेको छ । कोरोना महामारीको समयमा रातदिन नभनी स्वास्थ्य सेवामा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल बढाउनुपर्नेमा मानसिक तथा भौतिक आक्रमण हुनु दुःखद भएको संघले जनाएको छ ।

यस्ता घटनाप्रति संघको गम्भिर ध्यानाकर्षण भएको संघका सचिव डा. कृष्णचन्द्र रिजालद्वारा जारी विज्ञप्ति उल्लेख गरिएको छ । ‘बिराट मेडिकल कलेज, नारायणी अस्पताल तथा भेरी अस्पतालका काण्डहरुको जति नै निन्दा गरेपनि अपुग हुन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सुरक्षामा गम्भिर भई दोषीलाई कानुनी कारबाही गर्न संघले माग गरेको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल गिराउनु काम कसैले पनि गर्न नहुने अध्यक्ष डा. निर्मल लामिछानेले बताए ।

footwear zone

You might also like

Comments are closed.