काठमाडौं । हाल बैंकमा निक्षेप जम्मा भइरहेको र साना निक्षेपकर्तालाई बचतमा न्युन ब्याज प्राप्त भई लगानीको प्रतिफल संतोषजनक नरहको अवस्थामा सबै वर्गलाई समेट्ने गरी निक्षेपमा एनएमबिले उच्च ब्याज प्रदान गर्दै आइरहेको जनाएको छ । नया“ योजना अन्तर्गत बैंकले सर्वसाधारण ग्राहकलाई मुद्दतिमा ९.५२% वार्षिक ब्याजदर (०.५ % प्रिमियम सहित) प्रदान गर्ने भएको छ ।
एनएमबि बैंकमा खाता नभएको ग्राहकहरुले भिडीयो केवाईसी, एक भिडियो कलमा आधारित प्रविधि मार्फत ५ मिनेटमै देश वा बिदेशमै रही खाता खोली कारोवार गर्न सक्नेछन् । भिकेवाइसीमार्फत ग्राहकहरुले अनलाइन खाताको शुरुदेखि अन्त्यसम्मको प्रक्रिया बैंकसम्म नधाइकनै डिजिटल रुपमा सम्पन्न गर्न सक्नेछन् ।
ग्राहकहरूले एनएमबिमा भिडियो कल मार्फत नय“ा खाता खोल्न यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू अपडेट गर्न सक्दछन् ।

बैंकले देशभरीका १८१ शाखाहरुका साथै १३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गदै आइरहेको छ ।




Comments are closed.