इन्नोसियसआर र एनएमबि बैंकबीच सम्झौता

काठमाडौं । दक्षिण कोरियाली सामग्री प्रविधि कम्पनी, इन्नोसियसआर र एनएमबि बैंक अफ नेपालले, नेपालमा गुड ब्रिक्स सिस्टम (GBS) लाई प्रवर्द्धन र शिघ्र रूपमा अघि बढाउन नयाँ साझेदारीको घोषणा गरेको छ । गुड ब्रिक्स सिस्टम इन्नोसियसआर द्वारा यसको गुड सोयल स्टेबिलाइजर प्रयोग गरी विकास गरिएको नन-फायर ईंटा उत्पादन प्रविधि हो।

MOU मा आज एनएमla बैंकका तर्फबाट प्रमुख लगानी अधिकृत, श्रीजेश घिमिरे र इन्नोसियसआर का तर्फबाट प्रमुख कार्यकारी अधिकृत (CEO) साम युन सुक लीले हस्ताक्षर गरेका छन् ।

MOU का अनुसार, एनएमla बैंकले बहुपक्षीय विकास बैंक, गैरसरकारी संस्था, सरकार र अन्य वित्तीय संस्थाहरू लगायतका विभिन्न स्रोतहरूबाट गुड ब्रिक्स सिस्टम सम्बन्धी बाह्य कोषका लागि एजेन्ट बैंकको रूपमा काम गर्नेछ। एनएमबि बैंकले इँटा भट्ठा मालिकहरूलाई गुड ब्रिक्स सिस्टम लागू गर्न आवश्यक लगनशीलता र प्रक्रियाहरू पूरा गर्न ऋण, जमानत, मिश्रित वित्तीय उपकरणहरुद्धारा वित्तीय सहयोगहरु पनि उपलब्ध गराउनेछ। एनएमबिले वातावरण प्रति थप जिम्मेवार बन्दै दीगो बैंकिङ्ग अभियानको एक पाइला स्वरुप INNOCSR संग साझेदारी गरेको छ ।

footwear zone

इन्नोसियसआर द्वारा विकसित गुड सोइल स्टेबिलाइजर, एक विशेष रसायन हो जसले कडा अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्ने इट्टाहरूका लागि आवश्यक गुणस्तरमा पुग्न माटो र सिमेन्ट बीच बाइन्डिङ गर्न सक्षम बनाउँछ। गुड ब्रिक्स सिस्टमले (GBS), सोइल स्टेबिलाइजर प्रयोग गरी ईंटा उत्पादन गर्ने प्रक्रिया, इन्डोर कारखानामा इँटाहरू उत्पादन गर्न हाइड्रोलिक मेसिनको प्रयोग गर्दछ, जसले वर्ष भरि कोइला  प्रयोग नगरी गुणस्तरीय इँटाहरू प्रदान गर्दछ साथै यसमा १/१० का आधारमा कामदार र जग्गा चाहिने हुन्छ।

एनएमबी बैंक मूल्यमा आधारित दृष्टिकोण, बैंकिङ आविष्कार, प्रगतिशील व्यापार मोडुल र सामाजिक दायित्वहरूद्वारा संचालित नेपालको अग्रणी वित्तीय संस्थाको रूपमा उभिएको छ  साथै दिगो आर्थिक, सामाजिक र वातावरणीय विकास प्रदान गर्न वित्तको उपयोग गर्ने लक्ष्य राखेको छ। एनएमla बैंकको हाल नेपालभर २०१ शाखाहरू छन् र नेदरल्यान्ड्स डेभलपमेन्ट फाइनान्स कम्पनी (FMO) सँग JV साझेदारी पनि रहेको छ।

इन्नोसियसआरका प्रमुख कार्यकारी अधिकृत साम युनसुकलीका अनुसार गुड ब्रिक्स सिस्टम नेपालमा दिगो र नाफामुखी बन्नका लागि इँटा भट्ठा मालिकहरूका लागि एकमात्र समाधान बनिरहेको छ। पछिल्लो समय, कोइला र श्रमिकको मूल्यवृद्धि र मौसममा आएको परिवर्तनले इँटा उत्पादकहरू निकै दबाबमा परेको देखिन्छ । तसर्थ, गुड ब्रिक्स सिस्टमले इँटा उद्योगका कठिनाइहरूलाई  सम्बोधन नगरी अरु विभिन्न फाइदाहरु पनि ल्याइ रहेको छ। यसले उत्पादकहरुलाइ थप राजस्व, गुणस्तरीय र वातावरणमैत्री ईटा प्रदान गर्दछ।

You might also like

Comments are closed.