काठमाडौं । एनएमबि बैंकले आफ्ना व्यतिगत ग्राहकहरुको लागि आकर्षक मुद्दती योजना ‘एनएमबि डबल मुद्दती’ र ‘एनएमबि जन्मभूमि डबल मुद्दती’ सार्वजनिक गरेकोे छ ।
‘नएमबि डबल मुद्दती योजना’ अन्तर्गत ग्राहकले न्यूनतम मौज्दात रु.५०,००० वा सो भन्दा बढी रकमको मुद्दती खाता खोल्दा ७६ महिना पछि सो रकम डबल हुनेछ ।
त्यसैगरी, ‘एनएमबि जन्मभूममि डबल मुद्दती योजना’ मा नेपालीहरुले वैदेशिक रोजगारिबाट रेमिट्यान्स आएको रकममा ७० महिनामै सो रकम डबल हुने बैंकले जानकारी गराएको छ ।

सोही योजना अन्तर्गत एनएमबि बैंकका ग्राहकहरूले आफ्नो मुद्दती रकमको ९०% सम्म क्रेडिट कार्ड सुविधा र उक्त कार्ड जारी गर्दा शुल्क नलाग्ने साथै मुद्दती रसिद धितोमा पनि ८०% सम्म कर्जा पाउन सकिने जानकारी गराइएको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।




Comments are closed.