एनएमबि बैंकद्वारा महिलाले नेतृत्व गरेको र महिला मात्र भएका शाखाको विशेष घोषणा

काठमाडौं । एनएमबि बैंकले प्रत्येक प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको विशेष घोषणा गरेको छ । महिला शशक्तिकरणमा सक्रिय भएर काम गर्दै आइरहेका महिलाको अनुभव साट्ने उद्देश्यले अन्तरक्रियात्मक कार्यक्रम पनि गरिएको थियो ।

महिलाहरुलाई थप शशक्त बनाई हरेक क्षेत्रमा अगाडी बढाउनु आजको आवश्यकता रहेको महसुस गर्दै बैंकद्वारा सञ्चालन गरेको यस कार्यक्रमले भविष्यमा थप टेवा पु¥याउने अपेक्षा बैंकले लिएको छ ।

कार्यक्रममा एनएमबि बैंकका महिला ग्राहक, नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल उद्योग परिसंघका महिला पदाधिकारीहरु, महिला उद्यमीहरु, विभिन्न बैंक तथा बित्तीय संस्थाका महिला प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थिति थियो ।

footwear zone

एनएमबि बैंकको प्रदेश १ मा टंकिसिनुवारी शाखा, मधेष प्रदेशमा महोत्री शाखा, वाग्मती प्रदेशमा बल्खु शाखा, गण्डकी प्रदेशमा चाउथे शाखा, लुम्बिनी प्रदेशमा भलवारी शाखा र सुदूर पश्चिममा धनगढी शाखा महिला कर्मचारीद्वारा नेतृत्व गरिएका शाखा हुन् ।

एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो ।

बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ ।

बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

 

You might also like

Comments are closed.