एनएमबि लघुवित्त र डिजिटल एज नेपालबीच सम्झौता

पोखरा । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो ग्राहक पहिचान सम्वन्धी सम्पुर्ण कार्यलाई स्वचालित गर्ने भएको छ । यो कार्यका लागि संस्थाले डिजिटल एज नेपालसंग सम्झौता गरेको छ । सो सम्झौतापत्रमा एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डे र डिजिटल एज नेपालका प्रबन्ध निर्देशक दिब्येश्वरी दलीले हस्ताक्षर गरेका छन् ।

एनएमबि बैंकको सहायक कम्पनीको रुपमा रहेको एनएमबि लघुवित्त बित्तीय संस्था नेपाल राष्ट्र वैकवाट “घ” वर्गको बित्तीय कारोवार गर्न इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको लघुवित्त बित्तीय संस्था हो । यस बित्तीय संस्थाले देशका सात वटै प्रदेश अन्तर्गत ६८ जिल्लाका बिभिन्न स्थानहरुमा १४८ वटा शाखा तथा उपशाखा कार्यालयहरु संचालन गरी करिब १ लाख उन्नाईस हजार विपन्न घरपरिवारका सदस्यहरुलाइ लघुवित्त सेवा प्रदान गदै आएको छ ।

यसैगरी सुचना प्रविधिको क्षेत्रमा काम गर्ने एक अग्रिणी संस्थाको रुपमा रहेको डिजिटल एज नेपालवाट विकास गरिएको केवाइसी म्यानेजमेन्ट सिस्टम लगायतका प्रोगाम, एप्लिकेशन, सफ्टवयरहरु नेपाल अधिराज्यका सवैजसो बैंक तथा वित्तीय संस्थाहरुमा प्रयोग भईरहेका छन् ।

footwear zone

केवाइसी म्यानेजमेन्ट सिस्टम लागु भए पश्चात् वित्तीय संस्थामा आवद्घ ग्राहकहरुको ब्यक्तिगत विवरण अभिलेख ब्यवस्थित र बिश्वसनीय हुनुका साथै ग्राहकहरुले अनलाइनवाट खाता खोल्न सक्ने सुविधा समेत रहेको बताइएको छ ।

 

 

 

You might also like

Comments are closed.