काठमाडौं । एनएमबी बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा सुदेश उपाध्याय र गोविन्द घिमिरे बढुवा भएका छन् ।
बैंक सञ्चालक समितिको भदौ ३१ गते बसेको ४२९औं बैठकले दुवैलाई बढुवा गरेको हो । उनीहरु यस अगाडि बैंकमा नायब महाप्रवन्धकको जिम्मेवारीमा थिए ।

असोज ११ गतेबाट उनीहरुको डिसिइओको कार्यकाल सुरु हुने बैंकले जनाएको छ ।





Comments are closed.