एनएमबि बैंक र यूएसएआइडी ट्रेड एण्ड कम्पिटिटिभनेसबीच समझदारी

काठमाडौं । एनएमबि बैंक लिमिटेडले ग्रिन फाईनान्सिङ, जलवायु फाईनान्सिङ र विदेशी तथा स्वदेशी लगानीलाई सहज बनाउन यूएसएआइडी ट्रेड एण्ड कम्पिटिटिभनेससँगको सहकार्य पत्रमा हस्ताक्षर गरेको छ ।

यस सहकार्य अन्तर्गत बैंकले दीगो रूपमा लघु, साना र मझौला व्यवसायहरु (MSMES) को लागि वित्तीय पहुँच बढाउने छ । यस सहकार्यले प्रमुख केन्द्रमा रहेको कृषि, पर्यटन र डिजिटल सेवाहरूसँग सम्बन्धित आर्थिक अवसरहरूमा सहभागी हुन महिला, युवा र सीमान्तकृत समूदायलाई ऐक्यबद्घ हुन प्रवर्द्धन गर्नेछ ।

यूएसएआइडी ट्रेड एण्ड कम्पिटिटिभनेस पाँच वर्षको १८.९ मिलियन अमेरिकी डलरको सहयोग हो, जसले नेपाललाई उच्च गुणस्तर र उच्च मूल्यको निर्यातमा विविधता ल्याउन, आर्थिकरुपले पिछडिएकाहरुको लागि दीगो रोजगारी वृद्धि र आय सिर्जनाका अवसरहरू बढाउन विश्वव्यापी पुँजीकरण एकीकृत गर्न सक्षम बनाउँछ र स्थिरतामा सघाउ पुर्‍याउँदछ ।

footwear zone

एनएमबि बैंक विगत २६ वर्षदेखि अनवरतरुपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क”वर्गको इजाजत पत्र प्राप्त अग्रणी वित्तीय संस्था हो । बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो ।

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

You might also like

Comments are closed.