एनएमबि बैंकद्वारा नागार्जूनमा वृक्षरोपण, वातावरणस सरंक्षणमा जोड

काठमाडौं । एनएमबि बैंकले मूल्य र मान्यतामा आधारित बैंकिङमा अग्रसर हुँदै एनएमबि ग्रिन फिक्सड डिपोजिट अभियानको प्रतिफल स्वरुप वातावरण दिवसको अवसर पारेर श्यामेश्वर गणेशमान स्मृती सामुदायिक वन नागार्जूनमा विभिन्न प्रकारका फलफुलका विरुवा रोपेको छ ।

उक्त सामुदायीक वनमा एनएमबिमा ग्रिन फिक्सड डिपोजिट भएका ग्राहकहरुको नाममा विभिन्न प्रजातीका १२५ विरुवा रोपिएको हो । उक्त कार्यक्रममा सामुदायिक वनका अध्यक्ष अर्जुनराज पुरी, सहायक वन अधिकृत सरस्वति अर्याल, बैंकका कर्मचारीहरुलगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो ।

वातावरणीय संरक्षण प्रवद्र्घनको साथै वातावरणीय दायित्वप्रति सन्तुलन कायम गर्ने प्रयास स्वरुप राष्ट्रव्यापीरुपमा वृक्षरोपण गरिएको जानकारी गराइएको छ । यस योजनामार्फत् ग्राहक वर्गलाई बैंकले उचित प्रतिफल प्रदान गर्ने मात्र नभई वातावरण संरक्षण र आर्थिक लाभ एकैसाथ प्राप्त गर्न सकिन्छ भन्ने सन्देशमुलक जानकारी दिइएको बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।

footwear zone

एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी, ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भइसकेको छ । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

 

You might also like

Comments are closed.