एनएमबि बैकद्वारा लालबन्दीका किसानहरुलाई बित्तीय साक्षरता तालिम

काठमाडौं । एनएमबि बैंकद्धारा लालबन्दी (सर्लाही) का तरकारी उत्पादक कृषकहरुलाई बित्तीय साक्षरता तालिम प्रदान गरेको छ ।

कार्यक्रममा तरकारी उत्पादक समूहका करिव १५० जना कृषकहरुको उपस्थिति रहेको थियो । बैंकको लघुवित्त बिभाग तथा शाखा कार्यालय लालबन्दीद्धारा आयोजित उक्त कार्यक्रमा उपस्थित कृषकहरुलाई उत्प्रेरणाको साथैै बचत, लगानी, बिभिन्न प्रकारका कर्जाहरु तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य बिभिन्न सेवाहरुको बिषयमा बित्तीय शिक्षा प्रदान गर्नुको साथै किसानहरुसंग अन्तरकृया समेत गरी उनीहरुको जिज्ञासा तथा सुझावहरु संकलन गरिएको थियो ।

कार्यक्रममा एनएमबि बैंकका तर्फबाट लघुवित्त विभागका प्रवन्धक  शरद पौडेलले सहजीकरण गर्नु भएको थियो भने कार्यक्रमको संयोजन बैंकको लालबन्दीका शाखा प्रमुख अरुण कुमार आचार्यले गरेका थिए ।

footwear zone

सर्लाहीको लालबन्दी क्षेत्र तरकारी उत्पादनको लागि अत्यन्तै महत्वपूर्ण पकेट क्षेत्र मानिन्छ । यस क्षेत्रका करिव १,५०० किसानहरु प्रत्यक्ष रुपमा व्यवसायीक तरकारी खेतीमा लागेका छन ।

यस क्षेत्रमा उत्पादित तरकारीहरु नेपालका काठमाण्डौ, पोखरा, बिराटनगर, नारायणगढ लगायतका विभिन्न शहरहरुमा पठाईने गरिन्छ । यस कार्यक्रमले यहाँका किसानहरुमा बित्तीय ज्ञान प्राप्त भई आत्मनिर्भर बन्न सघाउ भई समग्र अर्थतन्त्रलाई नै सकरात्मक प्रभाव पर्ने बैंकले बिश्वास लिएको छ ।

 

You might also like

Comments are closed.