एनएमबि बैंकले गर्‍यो फ्लाईवायरसंग समझदारी, अब अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानी अनलाइनबाटै गर्न सकिने

काठमाडौं । एनएमबिले विदेशमा अध्ययनरत तथा विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुलाई लक्षित गरि डिजिटल भुक्तानीको लागि फ्लाईवायर (Flywire) कर्पोरेशनसंग द्विपक्षीय समझदारी गरेको छ ।

यो समझदारीसंगै एनएमबि बैंक फ्लाईवायरको तर्फबाट विश्व भरका १ हजार ७ सयभन्दा बढी शैक्षिक संस्थाहरुमा भुक्तानीको लागि नेपालको एकमात्र बैंक भएको छ । नेपालबाट विदेशमा अध्ययनरत तथा विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुले फ्लाईवायरमार्फत अमेरिका, क्यानडा र अष्ट्रेलियामा अन्तर्राष्ट्रिय शिक्षाको भुक्तानीको लागि कुनै पनि नेपाली बैंकबाटै आफ्नो शैक्षिक खर्च तिर्न सक्नेछन् ।

अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानी गर्न चाहने नेपाली ग्राहकहरुका लागि परम्परागत भुक्तानी प्रक्रिया निकै झन्झटिलो र सुरक्षा जोखिमयुक्त थियोे । त्यसैगरी रकम प्राप्त हुने संस्थामा पनि ट्युशन शुल्कहरु सजिलै ट्रयाक गर्न र विभिन्न मुद्रामा भएको भुक्तानी स्वीकार गर्न पनि गाह्रो हुने तथा धेरै कागजी प्रक्रियाहरु पूरा गर्नुपर्ने बाध्यता थियो । हाल एनएमबि बैंक र फ्लाईवायरले संगसंगै अन्तर्राष्ट्रिय शैक्षिक खर्चको भुक्तानीको लागि एक नयाँ प्रकारको उच्च डिजिटल प्रविधियुक्त सेवा प्रदान गर्दै आएका छन् ।

footwear zone

‘फ्लाईवायरसंगको सहकार्यले हामी ग्राहकहरुको लागि विभिन्न जोखिमहरु हटाई एक सुव्यवस्थित भुक्तानी प्रदान गर्ने लक्ष्य राख्द्छौं । हामी विश्वस्त छौं कि यो साझेदारी हाम्रो मूल्यवान ग्राहकहरुको लागि अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानीको लागि एकद्वार समाधानको स्रोतले गर्दा महत्वपूर्ण हुनेछ’ एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने ।

‘हाम्रा अष्ट्रेलिया, अमेरिका, क्यानाडाका र अन्य सबै ग्राहकहरुले पनि नेपालबाट अध्ययन गर्न आउने विद्यार्थीहरुलाई अझ सरल भुक्तानी माध्यमको लागि सोधिरहेको सन्दर्भमा हामी एक अद्वितीय भुक्तानी सुविधा प्रदान गर्न एनएमबि बैंकसंग सामझदारी गर्न उत्साहित छौं’, ग्लोबल एजुकेशन फ्लाईवायरका ईभीपी शेरोन बटलरले भने ।

You might also like

Comments are closed.