काठमाडौं । एनएमबि बैंकले यस साउनको सोमबार मेहेन्दी लगाऔं, एनएमबिसँग रमाऔं भन्ने सन्देशसहित आपसी सदभाव अभिवृद्घि गर्ने उद्देश्यले कर्मचारी र ग्राहकहरुमाझ मेहेन्दी कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सातै प्रदेशको विभिन्न शाखा गरी १४ शाखाहरुमा यो कार्यक्रम गरेको छ ।
बैंकले प्रदेश १ को विर्तामोड र विराटनगर, मधेष प्रदेशको जनकपुर र वीरगञ्ज, वाग्मती प्रदेशको बबरमहल, कुमारीपाटी र लायन्स चोक, नारायणघाट, गण्डकी प्रदेशको चिप्लेढुङ्गा र गोरखा, लुम्विनि प्रदेशको मिलन चोक र नेपालगञ्ज, प्रदेश ६ को विरेन्द्रनगर (सुर्खेत) र सुदूरपश्चिम प्रदेशको महेन्द्रनगर र धनगडी चौराहामा उक्त कार्यक्रम सम्पन्न गरेको छ ।
एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’बाट सम्मानित भएको बैंक हो ।

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।





Comments are closed.