काठमाडौं । नेपाल आयल निगमले सार्वजनिक बिदाका दिनमा समेत पेट्रोलियम पदार्थको बिक्री वितरणलाई सहज बनाउने भएको छ ।
निगमले तिहारको पूर्वसन्ध्यामा एक विज्ञप्ति जारी गरी देशभरका सम्पूर्ण कार्यालय तथा डिपोहरु स्थानीय आवश्यकता आधारमा तिहार बिदामासमेत खुल्ला गरी पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनाउने जनाएको छ ।
पेट्रोलियम पदार्थको आपूर्ति तथा उपलब्धतामा केही समस्या देखिएमा निगमको केन्द्रीय कार्यालय तथा डिपोहरुमा सम्पर्क गर्न सकिनेसमेत निगमले जनाएको छ ।






Comments are closed.