काठमाडौं ।नेपाल आयल निगम र काठमाडौं विश्वविद्यालयबीच प्रविधिमैत्री तथा अत्याधुनिक पूर्वाधार निर्माण गर्न समझदारी (एमओयू) पत्रमा शुक्रबार हस्ताक्षर भएको छ ।
निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक दीपक बराल र केयुका स्कूल अफ इञ्जिनीयरिङका डीन डा डम्बरबहादुर नेपालीबीच सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

पेट्रोलियम पदार्थसँग सम्बन्धित भण्डारण विस्तारका सेवालाई अत्याधुनिक प्रविधियुक्त बनाउन समझदारीपत्रमा हस्ताक्षर गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । उनका अनुसार निगममा आधुुनिकीकरण थपिँदै जाँदा आउँदा दिनमा गर्नुपर्ने प्राविधिक तथा इञ्जिनीयरिङ क्षेत्रका कार्यमा थप सहयोग पुग्ने बताइएको छ ।




Comments are closed.