नेसनल प्याव्सन वाग्मती प्रदेशको पदस्थापन कार्यक्रम सम्पन्न

दिपावली, छठ तथा नेपाल संवतको शुभकामना आदानप्रदान

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याव्सन) वाग्मती प्रदेशले नवनिवार्चित कार्यसमितको पदस्थापन, दिपावली, छठ तथा नेपाल संवतको शुभकामना आदानप्रदान गरेको छ ।

२०७८ साल फागुनमा सम्पन्न ७औं महाधिवेसनले नारायणकुमार कार्कीको अध्यक्षतामा वाग्मती प्रदेश कार्यसमिति गठन गरेको थियो । सो समितिको उपाध्यक्षमा देवनारायण महतो, नीता श्रेष्ठ, पुण्यराम कवाँ रहेका छन् ।

त्यसैगरि सचिवमा गेन्द्र लामा, कोषाध्यक्ष विकाश महर्जन, सहसचिव माधवप्रसाद सिलवाल, सहकोषाध्यक्ष साधुराम गैँडा रहेका छन् भने सदस्यमा हरि माझी र लिलाबहादुर शाही रहेका छन् ।

footwear zone

एन प्याव्सन वाग्मती प्रदेशका अध्यक्ष प्रवोध प्रभाकर रिजालको सभापतित्वमा भएको कार्यक्रममा एन प्याव्सनका अध्यक्ष पाण्डव हमाल प्रमुख आतिथि रहेका थिए भने, एन प्याव्सनका राष्ट्रिय सहअध्यक्ष सुवास न्यौपाने विशिष्ट अतिथि रहेका थिए ।

एन प्याव्सन वाग्मती प्रदेशका पुर्व सहसचिव देवनारायण महतोले स्वागत गरेको कार्यक्रममा उपाध्यक्ष डम्मर कार्की, महासचिव पारशमणि दाहाललगायले बोलेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि हमालले वाग्मती प्रदेशका अध्यक्षलगायतको टिमलाई सफल कार्यकालको शुभकामना दिए ।

कार्यक्रममा बोल्दै महासचिव पारशमणि दाहालले विगतमा कसैले केही गरेन केही भएन भन्दै नकारात्मक कुरा लिएर अघि बढ्नुभन्दा अब यो नयाँ समितिले सुन्दर ढंगले काम गरोस भन्ने आफ्नो चाहना रहेको बताए । त्यसरी अघि बढ्ने क्रममा केन्द्रीय समितिको तर्फबाट सदैव आवश्यक सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै, कार्यक्रममा बोल्दै उपध्यक्ष डम्मर कार्कीले सर्वसम्मत चयन कार्यसमितिलाई अन्तिम रुप दिएको भन्दै धन्यवाद दिए ।

You might also like

Comments are closed.