एमेच्योर सुवास सूर्य नेपाल एनपीजीए टुर च्याम्पियन

काठमाडौं । एमेच्योर सुवास तामाङले गोकर्ण गल्फ क्लबको पार-७२ मा बिहीवार भएको सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि जितेका छन् ।

सुवास प्रो सुक्रबहादुर राई र भुवन नगरकोटी विरुद्ध ७-स्ट्रोकको सहज जित निकाल्दै तीनवटा प्रमुख उपाधि जित्ने पहिलो एमेच्योर गल्फर बनेका छन्।

उनले सन् २०१९ मा सूर्य नेपाल च्यालेन्ज र यही वर्षको अप्रिल महिनामा सूर्य नेपाल वेस्टर्न ओपन पनि जितेका थिए।

footwear zone

फाइनल राउण्डमा पुग्नु पहिले भुवनभन्दा दुई स्ट्रोक अगाडि रहेका सुवासले चार-अन्डर ६८ को स्कोर बनाएर प्रतियोगितामा कुल १९-अन्डर २६९ बनाएका थिए।

सुवास भन्दा आठ स्ट्रोक र भुवनभन्दा ६ स्ट्रोक पछाडि रहेका सुक्रबहादुरले फाइनल राउण्डमा पाँच(अन्डर ६७ को स्कोर बनाई कुल १२-अण्डर २७८ मा भुवनसँग बराबरी गरे।

भुवनले आज एक-ओभर ७३ को स्कोर बनाए। अमेच्योर सुवास नगद पुरस्कारका लागि योग्य नभएकाले भुवन र सुक्रले रु. १,११,५०० रुपैयाँको पुरस्कार राशि बाँडे।

त्यस्तै आजको दिन इभन-पार ७२ ल्याएर कुल ६-अन्डर २८२ बनाएका रवि खड्काले प्रोफेसनल मध्येमा तेस्रो र समग्रमा चौथो स्थानमा रही रु. ६५,००० नगद पुरस्कार प्राप्त गरे।

त्यसैगरी निरज तामाङले चार-अन्डर ६८ बनाउँदै चार-अन्डर २८४ को कुल स्कोर बनाएर नगद रु ५३,५०० प्राप्त गरे। धनबहादुर थापाले थ्री-अण्डर ६९ को कार्ड खेल्दै थ्री-अन्डर २८५ को कुल स्कोर बनाएर रु. ४५,००० प्राप्त गरे।

सद्भाव आचार्यले तीन-ओभर ७५ सहित कुल एक-अन्डर २८७ को स्कोर बनाएर एमेच्योर मध्येमा उपविजेता बने भने समग्रमा सातौं स्थानमा बराबरी गरे।

त्यस्तै वाङ्चेन धोन्डुपले तीन-अन्डर ६९ खेल्दै कुल इभन-पार २८८ को स्कोर बनाएर एमेच्योरहरू मध्ये तेस्रो भए र समग्रमा नवौं स्थानमा बराबरी गरे।

दिनेश प्रजापतिले आज एक-ओभर ७३ बनाएर कुल वन-अन्डर २८७ बनाउँदै नगद प्रोफेसनल खेलाडी मध्येमा छैठौँ रही र. ४०,००० प्राप्त गरे भने आजको दिन सम-पार ७२ को कार्ड खेलेका जयराम श्रेष्ठले कुल इभन-पार २८८ बनाई प्रोफेसनल खेलाडीहरूमा सातौँ स्थानमा रही रु. ३६,००० पाए।

सञ्जय लामा ९७४० र बलभद्र राई ९६८० ले तीन(ओभर २९१ स्कोरका साथ समग्र ११औँ र प्रोफेसनल मध्ये आठौं स्थानमा रही रु. ३२,००० प्राप्त गरे।

भुवन कुमार रोक्का ९७८० र राजेन्द्र थापा मगर ९७१० ले आठ-ओभर २९६ को कुल-स्कोरका साथ प्रोफेसनल मध्येमा १०औं मा (समग्र १३औं) रही रु. २७,००० रहे।

शीर्ष २१ मा रहेका अन्य खेलाडीले पनि नगद पुरस्कारको आफ्नो अंश प्राप्त गरे।आफ्नो तेस्रो होलमा ईगल र सातौं र नवौं होलमा बर्डीजको मद्दतले अगाडिको नौमा फोर-अन्डर ३२ बनाएका सुवासले पछाडि फर्केर हेर्नु परेन।

त्यस्तै ब्याक नौमा १०औं, १२औं र १८औं होलमा बर्डी बनाएका सुवासले १४ औं, १५औं र १६औं होलमा भने सट ड्रप गरे।

You might also like

Comments are closed.