आज १८ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज १८ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्रीको लागि बोलकबोल गर्न लागेको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार  कुल १८ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।ऋणपत्रको बोलकबोल अनलाइनमार्फत सोमबार दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ ।

बैंकले  २८ दिन अवधिको ५ अर्ब, ९१ अवधिको ७ अर्ब १० करोड रुपैयाँ र १८२ दिन अवधिको ६ अर्ब रुपैयाँ गरी कुल १८ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीका लागि बोलकबोल गर्न लागेको छ ।

footwear zone

राष्ट्र बैंकले  १८ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ ।

राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी आगामी मंसिर २० गते परिपक्व हुनेछ । ९१ दिन अवधिको ट्रेजरी माघ २४ गते र १८२ दिन अवधिको ट्रेजरी २०८० बैशाख २६ गते परिपक्व हुनेछ ।

You might also like

Comments are closed.