नेपाल राष्ट्र बैंकले ३० अर्बको ट्रेजरी बिल खरिद गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३० अर्बको ट्रेजरी बिल सोझै खरिद गर्ने भएको छ। वित्तीय प्रणालीमा देखा परेको तरलता अभावलाई न्यूनिकरण गर्न राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बजारमा प्रवाह गर्न लागेको हो।

केन्द्रीय बैंक मौद्रिक व्यवस्थापन विभागका अनुसार बैंकले शुक्रबार सोझै खरीद बोलकोबल (आउट राइट पर्चेज) मार्फत ३० अर्ब रुपैयाँ बजारमा पठाउन लागेको हो।

इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म अनलाइन माध्यमबाट बोलकबोल गर्न सक्नेछन्। बैंक वित्तीय संस्थाले २०७९ चैत मसान्तसम्म भुक्तानी अवधि भएको ट्रेजरी बिल बिक्री गर्न पाउनेछन। ट्रेजरी बिल्सको खरिद मिति कात्तिक २५ गते शुक्रबार तोकिएको छ।

 

You might also like

Comments are closed.