राष्ट्र बैंकद्वारा १३ अर्ब ८५ करोडको ट्रेजरी बिल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः १३ अर्ब ८५ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बिक्रीको आह्वान गरेको छ। राष्ट्र बैंकका अनुसार सोमबार अपराह्न दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति कात्तिक २८ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन। बिक्री गरिने कुल ट्रेजरी मध्येमा २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको दुई अर्ब र एक सय ८२ दिने अवधिको नौ अर्ब ८५ करोड ५० लाख रुपैंयाँ बराबरको रहेको छ ।

राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ मंसिर २७ गते, २०७९ फागुन दुई गते र २०८० जेठ दुई गते तोकिएका छन् । यि ट्रेजरीहरु पुरानो नविकरण अन्तर्गतका रहेका छन् ।

footwear zone

यसअघि यही कात्तिक २१ गते पनि राष्ट्र बैकले १८ अर्ब १० कारेड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

You might also like

Comments are closed.