काठमाडौं । राष्ट्र बैंकले २० रूपैयाँ दरका ३१ करोड नोट छाप्ने भएको छ । यसको लागि राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बोलकबोल आह्वान गरेको छ।
राष्ट्र बैंकका अनुसार नोट छापिएर आउन करिब एक वर्ष लाग्नेछ। आगामी १४ डिसेम्बर २०२२ मा यसको लागि प्रिबिडिङ हुनेछ।

हाल रहेको २० रूपैयाँको मौज्दातले लगभग एक वर्ष हाराहारीको माग धान्नेछ । २० रूपैयाँको अत्यधिक चलनचल्ति हुने मध्यकै नोट हो।




Comments are closed.