काठमाडौं । नेपाल राष्ट्र बैंकले १६ अर्ब ६३ करोड रुपैयाँको ट्रेजरी बिलका लागि सोमबार बोलकबोल गर्ने भएको छ ।
मंगलबार जारी हुने १६ अर्ब ६३ करोड रुपैयाँको ट्रेजरी बिल लागि सोमबार दिउँसो २ बजे बोलकबोल गर्ने राष्ट्र बैंकले जनाएको छ । आज २ बजे हुने बोलकबोल सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन्।
बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।

राष्ट्र बैंकले ९१ दिन, १८२ दिन र ३६४ दिन गरि ३ प्रकारको ट्रेजरी बिल जारी गर्न लागेको हो।केन्द्रीय बैंकले ९१ दिनको लागि ३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो। यो ट्रेजरी फागुन १६ गते परिपक्व हुनेछ।
त्यस्तैगरी, १८२ दिनको लागि ६ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० जेठ १६ गते परिपक्व हुनेछ। ३६४ दिनका लागि ७ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो। यो ट्रेजरी २०८० मंसिर १२ गते परिपक्व हुनेछ। ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।




Comments are closed.