पाँच महिनामा ९ अर्ब ५४ करोड अमेरिकी डलर सञ्चिति, करिब ९ महिनाको आयात धान्ने

 

काठमाडौं । चालु आर्थिक वर्षको मंसिर महिनासम्म ९ अर्ब ५४ करोड अमेरिकी डलर सञ्चिति रहेको छ। नेपाल राष्ट्र बैंकको वित्तीय विवरणअनुसार यो सञ्चिति २०७९ असार मसान्तको भन्दा ३ प्रतिशतले बढी हो।

असारमा नेपाल राष्ट्र बैंकसँग ९ अर्ब ५४ करोड अमेरिकी डलर सञ्चिति थियो। आर्थिक वर्ष २०७९/८० को पाँच महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १० महिनाको वस्तु र ८.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।

footwear zone

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असारको तुलनामा मंसिर मसान्तमा ७.८ प्रतिशतले वृद्धि भएको छ। राष्ट्र बैंकसँग ११ खर्ब ३९ अर्ब २२ करोड रुपैयाँ पुगेको छ।

You might also like

Comments are closed.