क्युआरबाट मात्र हरेक महिना २० अर्बको कारोबार

इलाम । पछिल्लो समय मोबाइल बैंकिङप्रति सेवाग्राहीको आकर्षण बढ्न थालेको छ। बैंकमा गएर पैसा निकाल्ने भन्दा मोबाइल बैंकिङबाट नै भुक्तानी गर्नेको सङ्ख्या बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकले इलाममा शुक्रबार आयोजना गरेको डिजिटल बैंकिङ साक्षरता कार्यक्रममा मोबाइल बैंकिङ, वालेट, क्युआर कोड प्रयोग गर्नेको सङ्ख्या वृद्धि हुँदै गएको जानकारी दिइएको हो।

सो अवसरमा नेपाल राष्ट्र बैंकका सहायक निर्देशक प्रकाश राईले १८ लाख जनाले डिजिटल बैंकिङ प्रयोग गर्ने गरेको बताए।

footwear zone

त्यस्तै एक करोड ५५ लाख जनाले वालेट प्रयोग गर्ने गरेका छन्। क्युआरबाट मात्र हरेक महिना २० अर्बको कारोबार हुने गरेको छ। इन्टरनेट वालेट सञ्चालनका लागि २७ वटा कम्पनीले अनुमति पाएका छन् ।

You might also like

Comments are closed.