राष्ट्र बैंकले बैंकिङ प्रणालीमा दुई अर्ब २६ करोड संस्थागत निक्षेप राख्ने

काठमाडौ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा दुई अर्ब २६ करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ।

राष्ट्र बैंकका अनुसार उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ६७ दिने मुद्धती निक्षेपको रुपमा २०७९ फागुन चार गतेदेखि २०८० फागुन पाँच गतेसम्म लागि उक्त परिमाणमा रकम राख्न लागिएको हो ।

यसरी मुद्धती निक्षेपको रुपमा राखिने कुल रकम मध्येमा वाणिज्य बैंकहरुको लागि एक अर्ब ८० करोड ८० लाख, विकास बैंकहरुको लागि ३३ करोड ९० लाख र फाइनान्स कम्पनीहरुको लागि ११ करोड ३० लाख रुपैयाँ रुपैयाँ छुट्याईएको छ।

footwear zone

लगानी गर्न चाहाने इच्छुक तथा फाइनान्स कम्पनीहरुले यही माघ २२ गतेसम्म नेपाल राष्ट्र बैंकमा आफुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुपर्ने छ।

You might also like

Comments are closed.