राष्ट्र बैंकले पुनः २१ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः २१ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले सोमबार दिउँसो तीन बजेसम्म उक्त परिमाणको ट्रेजरी बिल बिक्रीका लागि आह्वान गरेको छ ।

जारी मिति भने माघ २४ गते तोकिएको ट्रेजरी खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने कुल ट्रेजरी मध्येमा २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको सात अर्ब १० करोड, एक सय ८२ दिने अवधिको सात अर्ब र तीन सय ६४ दिने अवधिको पाँच अर्ब रुपैयाँ बराबरको रहेको छ।

राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ फागुन २३ गते, २०८० बैशाख २६ गते, २०८० साउन २३ गते र २०८० माघ २३ गते तोकिएका छन् ।

footwear zone

यि ट्रेजरीहरुमा २८, ९१ र ३६४ दिने अवधिको कुल १४ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी पुरानो नविकण अन्र्तगतको र बाँकी एक सय ८२ दिने अवधिको सात अर्ब रुपैंयाँको ट्रेजरी बिल भने नयाँ रहेको छ।

You might also like

Comments are closed.