रेमिट्यान्स कम्पनीलाई अंग्रेजी महिना सकिएको ७ दिनभित्र विवरण बुझाउन निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले इजाजत प्राप्त विप्रेषण (रेमिट्यान्स) कम्पनीहरुलाई भुक्तानीको विवरण मासिक रुपमा अंग्रेजी महिना सकिएको ७ दिन भित्र बुझाउन निर्देशन दिएको छ ।

बुधबार बैंकले एक सूचना प्रकासित गदैै विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरेको विप्रेषण विनियमावली २०७९ को विनियम ३३ मा भएको व्यवस्था बमोजिम उक्त निर्देशन गरेको हो ।

विप्रेषण कम्पनी आफैंले वा सब एजेन्ट तथा सव रिप्रिजेन्टेटिभहरु मार्फत गरेको इनवार्ड रेमिट्यान्सको भुक्तानी विवरण, विप्रेषण कम्पनीले कारवाही गरेका सब एजेन्ट तथा सब रप्रिजेन्टेटिभहरुको विवरण, देशगत इनवार्ड रेमिट्यान्स को कारोबार विवरण, कम्पनीगत इनवार्ड रेमिट्यान्सको कारोबारको विवरण, विप्रेषण कम्पनीको सञ्चालक समितिको विवरण र प्रोभिजनल फाइनान्सियल डिटेल तोकिएको ढाँचा र समयमा उपलब्ध गराउन राष्ट्र बैंकले भनेको छ ।

footwear zone

You might also like

Comments are closed.