राष्ट्र बैंकले पुनः १८ अर्बको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः १८ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्रीको आह्वान गरेको छ। राष्ट्र बैंकका अनुसार भोलि दिउँसो तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो।

जारी मिति फागुन दुई गते तोकिएको ट्रेजरी बिल खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन्। बिक्री गरिने कुल ट्रेजरी मध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको सात अर्ब र एक सय ८२ दिने अवधिको छ अर्ब रुपैंयाँ बराबरको रहेको छ।

राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ फागुन ३० गते, २०८० जेठ दुई गते र २०८० साउन ३० गते तोकिएका छन्।

footwear zone

You might also like

Comments are closed.