राष्ट्र बैंकले ३१ करोड थान नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३१ करोड थान नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिने भएको छ ।

राष्ट्र बैंकले २० रुपैयाँ दरका ३१ करोड थान नोट छाप्न चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ तथा मिन्टिङ कर्पोरेसनलाई दिने आइतबार  आशयपत्र जारी गर्दै जानकारी दिएको हो ।

राष्ट्र बैंकले ४६ लाख ९८ हजार ६५० अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँ करिब ६२ करोड २१ लाख ६२ हजार रुपैयाँ लागतमा २० रुपैयाँ दरका ३१ करोड थान नोट छाप्ने ठेक्काका लागि उक्त कम्पनी छनोट गरेको हो ।

footwear zone

बैंकले आह्वान गरेको बोलपत्रमा सबैभन्दा कम रकममा नोट डिजाइन, छपाइ र आपूर्ति गर्ने प्रस्ताव उक्त कम्पनीले गरेको राष्ट्र बैंकको आशयपत्रमा उल्लेख गरिएकाे छ ।

You might also like

Comments are closed.