राष्ट्र बैंकले १ अर्ब ९३ करोड मुद्दती निक्षेपमा राख्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले १ अर्ब ९३ करोड मुद्दती निक्षेपमा राख्ने भएको छ ।

बैंकले विभिन्न कोषहरूमा रहेको १ अर्ब ९३ करोड रुपैयाँ बढी पैसा आगामी वैशाख २ गतेदेखि २०८१ वैशाख २ गतेसम्म १ वर्षका लागि क, ख र ग वर्गका बैंकहरुमा निक्षेपमा राख्न लागेको हो ।

सूचना अनुसार कूल रकम मध्ये क वर्गको वाणिज्य बैंकहरुमा १ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ बचत गरिनेछ भने ख वर्गको विकास बैंकहरुमा २९ करोड ४ लाख रुपैयाँ र ग वर्गको राष्ट्रिय स्तरका वित्त कम्पनीहरूमा ९ करोड ६८ लाख रुपैयाँ बचत गरिने बैंकले जनाएको छ ।

footwear zone

तर, यस्तो निक्षेप चाहने बैंक तथा वित्तीय संस्थाहरूले तोकिएको न्यूनतम पूँजीकोष कायम गरेको हुनुपर्नेछ भने निष्क्रिय कर्जा कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम हुनुपर्ने सर्त लागू हुने बैंकले जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले चैत १७ गतेसम्म निक्षेपका लागि राष्ट्र बैंकमा निवेदन दिन सक्नेछन् ।

You might also like

Comments are closed.