काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा ८० करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ ।
पेन्सन तथा उपदान कोषमा रहेको रकम तीन सय ६५ दिने मुद्दती निक्षेपका रूपमा २०७९ असार २२ देखि २०८० असार २० गतेसम्मका लागि उक्त परिमाणमा रकम राख्न लागिएको राष्ट्र बैंकले सूचनामार्फत जनाएको छ ।
मुद्दती निक्षेपका रूपमा राखिने कुल रकममध्येमा वाणिज्य बैंकहरूका लागि ६४ करोड, विकास बैंकहरूका लागि १२ करोड र फाइनान्स कम्पनीहरूका लागि चार करोड रुपैयाँ छुट्याइएको छ ।

रकम लगानी गर्न इच्छुक तथा फाइनान्स कम्पनीहरूले यही असार ७ गते अपराह्न ४ बजेसम्म नेपाल राष्ट्र बैंकमा आफूले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको ब्याजसमेत उल्लेख गरेर आवेदन दिन सक्नेछन् ।





Comments are closed.