काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः २२ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिक्री गर्ने भएको छ । भोलि (सोमबार) दिउँसो ३ बजेसम्म उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
जारी मिति असार २८ गते तोकिएको ट्रेजरी खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिन पाउनेछन् ।
बिक्री गरिने कुल ट्रेजरी ९१ दिने अवधिको आठ अर्ब, एक सय ८२ दिने अवधिको ६ अर्ब र तीन सय ६४ दिने अवधिको आठ अर्ब ६० करोड रुपैयाँबराबरको रहेको छ ।

राष्ट्र बैंकका अनुसार यी ट्रेजरीहरूको परिपक्व हुने अवधि भने क्रमशः २०७९ असोज २५ गते, २०७९ पुस २६ गते र २०८० असार २६ गते तोकिएका छन्।




Comments are closed.